नीता र हरिहर विवाहको तयारीमा?

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीचको प्रेम सम्बन्धको चर्चा चलेको लामो समय भइसकेको छ । उनीहरुलाई नजिकबाट चिन्नेहरु नीता र हरिहरको प्रेमबारे जानकार छन्। केही वर्षदेखि संगै रहेर काम गरिरहेका नीता र हरिहरले खुलेर प्रेम सम्बन्ध स्वीकार भने गरेका छैनन् । नीताले हरिहरलाई म्यूजिक भिडियोदेखि टिभी शोसम्म निर्देशन गरिसकेकी छन् । अब यो जोडीले ‘ह्रस्व-दीर्घ’ नाममा चलचित्र समेत बनाउँदैछ ।

सामाजिक सञ्जाल मार्फत भने दुबैले एकअर्का प्रति प्रेम भाव देखाइरहेका हुन्छन् । उनीहरुका प्रेम र सम्बन्धबारे मिडियामा समाचार बनिरहेको हुन्छ। यसपटक भने नीता र हरिहरको विवाहको चर्चा चलेको छ । हरिहर र नीताले २०७९ सालको साउन महिनामा विवाह गर्ने तयारी गरेको बताईएको छ ।

Leave a Reply