अमिताभ बच्चनले चलचित्रसँग जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने

भारतमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९को सङ्क्रमण सङ्ख्या बढ्नुका साथै मृतकको सङ्ख्या पनि बढिरहेको छ । यस सङ्कटमा साथ दिन सबैले आफ्नो स्थानबाट साथ र हौसला प्रदान गरिरहेका छन् । बलिउड कलाकारहरूले विश्वले नै भोगिरहेको यस सङ्कटले भारतमा ठुलो रूप लिन नदिन पहल गरिरहेका छन् । कतिले आर्थिक सहयोग गरिरहेका छन् भने कतिले रासन पानीमा सहयोग गरिरहेका छन् ।

यसै बिच अभिनेता अमिताभ बच्चनले आफ्नो सामाजिक सञ्जालका माध्यमबाट सबैलाई हौसला दिइरहेका छन् भने आफ्नो र आफ्नो परिवारको स्वास्थ्यलाई लिएर मजाक नगर्न आग्रह गरिरहेका छन् । उनले जनचेतना फैलाउने मात्र नभएर चलचित्र क्षेत्रसँग जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने बताएका छन् । अमिताभले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध गराउने बताएका हुन् । देशभर छरिएर रहेका एक लाख मजदुरका घरमा रासन उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ ।

Leave a Reply