रिश्ता बस्नेतको एक्सन अवतार रहेको ‘पासो’ चैत्र १८ मा प्रदर्शन हुने

अभिनेत्री रीस्ता बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण युनिटले बिहीबार चलचित्रको फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको हो । ‘पासो’ आगामी १८ चैत्र अर्थात अप्रिल १ तारिखबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

आर.बी पुनको निर्देशन रहेको चलचित्रमा पुनकै कथा, पटकथा तथा संवाद रहेको छ । भगवान भुजेलले निर्माण गरेको चलचित्र क्राइम र सर्भाइबल जनरामा निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ । रिस्ता यस चलचित्रमा फरक अवतारमा दर्शकमाझ आउँदैछिन् । उनको एक्सन अवतार दर्शकले हेर्न पाउने छन् ।

सरु र प्रमिला नाम गरेका दुई जना साथी एक आपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा यो चलचित्र निर्माण भएको छ । यी दुईले आफूलाई खतरनाक परिस्थितिबाट जीवित राख्न गरेको संघर्षको कथामा यो चलचित्र निर्माण भएको बताईएको छ ।

चलचित्रमा रिस्ताको साथमा सुनिसा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । चलचित्रमा सूर्य दयालुको संगीत, उत्तम हुमागाईंको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ । बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता रहेको चलचित्रलाई जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Leave a Reply