‘नाइँ नभन्नू ल ६’मा वर्षाको प्रवेश?

निर्देशक विकासराज आचार्य चलचित्र ‘नाई नभन्नु ल-६’को तयारीमा जुटिरहेका छन् । यो चलचित्रको स्क्रिप्ट फाइनल भइसकेको छ । तर, लक डाउनका कारण कलाकारको छनोटको काम पछि सरेको छ । तर, निर्देशक आचार्यले केही कलाकारसँग भने कुराकानीलाई अगाडि बढाइरहेका छन्। चलचित्रका लागि सलोन बस्नेत, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतको नाम निश्चित भइसकेको छ भने तीन अभिनेत्री हुने बताइएको छ । निर्माण पक्षले चलचित्रको मुख्य भूमिकाका लागि नायिका वर्षा राउतलाई प्रस्ताव गरेको छ ।

श्रोतका अनुसार वर्षाले निर्माण पक्षसँग भेट गरी स्क्रिप्ट पनि पढिसकेकी छिन् । उनी चलचित्रलाई लिएर सकारात्मक भएको पनि बुझिएको छ ।  तर, निर्माणपक्षले कोही पनि कलाकारसँग लिखित सम्झौता भने गरेको छैन । वर्षा चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’मा अनुबन्धित भइसकेकी छिन्। कोरोनाको सन्त्रास सकिएसँगै यी दुई चलचित्रको छायांकन सुरु हुनेछ। वर्षाले ‘नाइँ नभन्नु ल’को चौथो शृङ्खलाबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन्  । जेठसम्म चलचित्रको छायांकन सुरु नभए यसको छायांकन साउनमा पुग्नेछ । वर्षाले साउनमा भने यो चलचित्रलाई समय दिनसक्ने सम्भावना छ ।

Leave a Reply