बलिउड गायिका कनिका कपूरको तेस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपूरको तेस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ । लण्डनबाट फर्किएकी केही दिनपछि गायिका कनिका कपुरमा कारोना भाइरसको संक्रमण देखिएको थियो । लण्डनबाट फर्किएपछि गायिका कनिकाले विभिन्न पार्टीको आयोजना गरेकी थिइन् । यसरी कोरोना संक्रमित गायिका कनिकाको पार्टीमा सहभागी भएकाहरुलाई पनि संक्रमण हुनसक्ने भन्दै विभिन्न सन्त्रास फैलिएको थियो ।

अहिले सोसल मिडियामा गायिका कनिकाले सरकारी संहिता पालना नगरेकी भन्दै आलोचना भइरहेको छ । जानकारी अनुसार गायिका कनिकाको उपचारमा चिकित्सकका अलवा ६ जना नर्सको टोली खटिएको छ । गायिका कनिकाले जुगनी, बेबी डल, चिट्टिया कलैयाँ, देशी लुकलगायतका कयौं चर्चित गीतहरु गाइसकेकी छन् ।

Leave a Reply