गायक युवराजको स्वर रहेको ‘देवतालाई भाकी…’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायक युवराज चौलागाईंको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । आज (शुक्रबार) युवराज चौलागाईंको अफिसियल युट्युब च्यानल मार्फत ‘देवतालाई भाकी…’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कौशिला खनाल कर्माचार्यको शब्द रहेको गीतमा स्वर र सङ्गीत गायक युवराज चौलागाईंको नै रहेको छ । गीतलाई उदाय राज पौडेलले एरेन्ज गरेका हुन् । भुषण दाहालले निर्देशन गरेको गीतको भिडियोमा गायक चौलागाईंसँगै नायिका मेनुका प्रधानले अभिनय गरेका छन् । चितवनको मेघौलीमा खिचिएको भिडियोमा अभिनयसमेत गरेका गायका चौलागाईं हात्ति र प्रकृतिप्रेमी देखिएका छन् । गीतको अडियो र भिडियो दुवै राम्रो छ ।

जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् । गीतको कोरियोग्राफी दिपक राज सुनारले गरेका हुन् । चौलागाईंको किन टाढा भयौ, तिम्रा डोला डोला , हारे हारे , लत्तर पत्तर, मनको दाग, मिस गरे , झुटो माया , एक्लै जिउने , हरेक शब्द , तिम्रो माया , पल पल चोट, किराना पसल लगायत नेपाली गीतहरु चर्चित छन् ।

Leave a Reply