‘बबी’ फेम्ड कविताको शो ‘विस फर अ डे विथ डल्लु’ को ट्रेलर रिलिज(भिडियो)

चलचित्र ‘बबी’ फेम्ड अभिनेत्री कविता गुरुङको नौलो र फरक किसिमको टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’ को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौँ दरवारमार्ग अवस्थित म्यागनम लन्ज वारमा पत्रकार भेटघाट गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । डल्लु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण गरिएको कार्यक्रमको ट्रेलरले एकजना व्यक्ति विशेषको इच्छा, आकान्क्षा, सपना, अनि खुसी एक दिनको प्रस्तुति रहनेछ । वेब टिभीको स्टुडियोमा सम्पादन र छायांकन गरिएको कार्यक्रमलाई डम्बर राईले छायाँकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका हुन् कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहेको छ।

उक्त कार्यक्रममा बोल्दै लामो समयदेखि नर्वे बस्दै आएकी गुरुङले भनिन ‘नर्वेमा मैले कमाएको पैसा र उमेशले कमाएको पैसाले महँगो जुत्ता र कपडा लगाउने या रमाइलो ठाउँमा घुम्ने घरमा पनि महँगो महँगो सामान खरिद गर्ने गर्दै गर्दा मलाई यस्तो फिल भयोकि मैले लगाउने एक जोर जुत्ता २०-३० हजारपर्छ तर त्यो रकमले चाहिं हाम्रो नेपालमा कोहि सामान्य परिवारलाई कति महिनाको खर्च चल्छ कति धेरै कुरा गर्न मिल्छ मलाई त्यो फिल लाग्यो त्यसले गर्दा हामीले कमाएको धेरै रकम राम्रो काम लगाउने सोचका साथ यो कार्यक्रम गर्ने सोच आएको बताइन्’ ।

पहिलो सिजनमा १० भागको कार्यक्रमको निर्माण गरिएको र पाक्षिक रुपमा राष्ट्रिय टेलिभिजन र डल्लु इन्टरटेन्टमेन्ट युट्यूब च्यानलबाट सार्बजनिक गरिने उक्त कार्यक्रममा जानकारी गराइयो । ट्रेलर सार्वजनिक कार्यक्रममा विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई,निर्देशक समाजका महासचिव जनकदिप पराजुलीको उपस्थिति रहेको थियो ।

Leave a Reply