‘ह्रस्व दीर्घ’ दशैंमा प्रदर्शन हुने, फर्स्टलुकमा ब्रह्मानन्दमको यस्तो अवतार

चलचित्र ‘ह्रस्वदीर्घ’ आगामी दशैंमा प्रदर्शन हुने भएको छ । चलचित्रका अभिनेता दक्षिण भारतीय चर्चित स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । पोस्टरमा अभिनेता ब्रह्मानन्दम ‘पण्डित’ अवतारमा चित्रित छन् ।

फिल्ममा साउथबाट ब्रह्मानन्दमसँगै अली, ‘गजनी’ भिलेन प्रदीप रावत, कबीर दुहान सिंहलगायतको पनि अभिनय छ । नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतले अभिनय गरेका छन् । द्वन्द्व निर्देशक चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्मको कथा हरिहर आफैंले लेखेका हुन् ।
युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको हो ।

Leave a Reply