चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का र महासचिवमा सुनिलकुमार थापा निर्विरोध चयन

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनभन्दा दुई दिन अगाडि बिहीवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा नवलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् ।

उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए । संघको सदस्यहरूमा भने माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्विरोध चयन भएका छन् । यसअघि आकाश अधिकारी पनि संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । ५ वर्षपछि हुन लागेको निर्माता संघको चुनावी साधारण सभा यही भदौ १८ गते शनिवार हुने छ । कार्यसमिति निर्विरोध भएपछि अब चुनाव नहुने भएको छ ।

Leave a Reply