सुटिङ गर्दा गर्दै वरुण धावन घाइते

भारतीय कलाकार वरुण धवन आफ्नो नयाँ फिल्मको सुटिङको क्रममा घाइते भएका छन् । आइतबार उनले इनस्टाग्राममा खुट्टामा चोट लागेको फोटो हाल्दै सुटिङको क्रममा फलाममा लागेर चोट लागेको बताएका हुन् । उक्त फोटोमा उनले खुट्टा कुर्सिमा राखेर चोट लागेको भाग देखाएका थिए ।

वरुण अहिले आफ्नो नयाँ फिल्मको लागि तिर्व रुपमा सुटिङ गरिरहेका छन् । फिल्मको नाम भने अहिलेसम्म आधिकारिक रुपमा उल्लेख गरिएको छैन् । फिल्म अर्को वर्ष रिलिज हुने फिल्मका निर्देशक कलीसले बताएका छन् ।  फिल्ममा कीर्ति सुरेश, वामिका गब्बीको अभिनय हुनेछ ।

यसअघी पनि वरुणले फिल्मको सुटिङको क्रममा खुट्टा घाइते भएको भन्दै चिसो पानीमा खुट्टा राखेको भिडियो इनस्टाग्राममा सेयर गरेका थिए ।

वरुणको नयाँ फिल्म एक्सनमा आधारित रहने उनले एउटा कार्यक्रममा बताएका थिए ।

Leave a Reply