सर्वोच्चले दियो पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति

कलाकार पल शाहलाई सफाइ दिएको उच्च अदालत पोखराको फैसाला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।  नाबालिग बलात्कारको अभियोग लागेका पूर्णविक्रम शाह विरुद्धको मुद्दा गत मंसिर २२ गतेको संयुक्त इजलासले मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालत पोखराको फैसाला विरुद्द महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो। सो फैसालाको सुनवाइ हुदै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले दोहोर्‍याएर हेर्न अनुमति दिएको छ ।

उच्च अदालत पोखराले प्रमाणहरूको मुल्यांकन राम्रोसँग नगरेको र र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सर्वोच्चले दोहोर्‍याएर हेर्ने भएको हो। पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड लगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चले जनाएको छ ।

नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा कलाकार पल शाहले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा नाबालिगले आफ्नो बयान फेरेकी थिइन् । पल शाहलाई उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।

Leave a Reply