‘महाजात्रा’ चैत ९ मा प्रदर्शन हुने

सन् २०१६ मा प्रदर्शन भएको सुपरहिट चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’ फागु पूर्णिमाको अवसर पारेर आगामी चैत ९ गते प्रदर्शन हुने भएको छ । निर्माता कम्पनीले शनिबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति र औपचारिक निर्माण घोषणा गरेको हो । एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको पोस्टरमा ट्रक पैसाको बिटोले भरिएको छ । यससँगै ट्रकको पछाडि केही वाक्य पनि लेखिएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा ‘जात्रा’ सिरिजकै कलाकारहरु विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत पुनः दोहोरिने भएका छन् । साथै, यो श्रृंखलामा अभिनेता हरिवंश आचार्य पनि जोडिएका छन् । चलचित्र भदौपछि छायांकनमा जानेछ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्मातामा म्याक्स दिपेश खत्री र यत्रश्वर पौडेल छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । ‘जात्रा’ २०७३ सालमा प्रदर्शन भएको थियो भने यसको सिक्वेल (जात्रै जात्रा) २०७६ सालमा आएको थियो । दुवै श्रृंखला बक्स अफिसमा सफल भएका थिए ।

Leave a Reply