सलोन-केकीको ‘जय हो’ र कार्म-मेनुकाको ‘महानगर’ एकसाथ प्रदर्शनमा

आज शुक्रबार नेपाली बक्स अफिसमा चलचित्र ‘जय हो’ र ‘महानगर’ एकसाथ प्रदर्शन भएका छन् । यी दुई नेपाली चलचित्र सँगै बलिउड चलचित्र ‘ड्रिम गर्ल २’ र हलिउड चलचित्र ‘ग्रान टुरिस्मो’ पनि प्रदर्शनमा आएका छन् भने केही साता अगाडि रिलिज चलचित्र ‘गदर २’ र ‘ओएमजी २’ पनि हलमा लागिरहेका छन् ।

‘महानगर’
कार्म र मेनुका प्रधानको मुख्य्ज़ा भूमिका रहेको चलचित्र महानगर (वान नाइट इन काठमाडौं) एक साँझमा दुई अपरिचित व्यक्तिको अचानक हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको हो । यो चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय छ ।

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्स सँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको महानगरको लेखन तथा निर्देशन मोहन राईले गरेको हुन् भने चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रडुसर हुन् ।

‘जय हो’
अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको

टेक पौरखी राईद्वारा निर्देशित कमेडी, एक्सन र लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङसँगै अतिथि कलाकारमा रोहित रुम्बा छन् । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार रहेका छन् भने प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

चलचित्रको काठमाडौं, पोखरा र मुस्ताङमा छायंकन गरिएको हो । सौरभ लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहने फिल्मको मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले छन् । ‘जय हो’मा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

Leave a Reply