शर्मा जि ‘प्युठान’को शब्दमा तीज गीत ‘ऐना हेरी भुतुक्कै लाजैले’ सार्वजनिक(भिडियो)

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै गायिका सिन्धु मल्लको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘ऐना हेरी भुतुक्कै लाजैले’ बोलको गीतमा शर्मा जि ‘प्युठान’को शब्द रचना र पवन राणाभाटको संगीत रहेको छ।

गीतको भिडियोमा चर्चित मोडलद्वय प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय छ । भिडियोमा प्रिज्मा र प्रिन्सीले कम्मर मर्काएका छन् । र साथमा गायिका मल्ल पनि फिचर्ड छन् । टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायांकन छ । उक्त भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ । मनोज बस्नेत र दिलाश बस्नेतले निर्माण गरेको म्युजिक भिडियो ‘एट के एभरेस्ट मोसन पिक्चर प्रा लि’को युट्युब च्यानलमा उपलब्ध छ । । गीतको म्युजिक भिडियो आकर्षक बनेको छ ।
भिडियो हेर्नुहोस् :

Leave a Reply