‘जय हो’को ‘जोमसोमको डाँडैमा’ गीत: केकी, सलोन, निशा, माओत्से र अर्पणको नृत्य

आगामी भदौ ८ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘जय हो’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको गीतमा शम्भुजित बाँस्कोटाको शब्द रचना तथा संगीत रहेको छ भने सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ ।

मुस्ताङमा खिचिएको गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, केकी अधिकारी र सलोन बस्नेत फिचर्ड छन् । रोमान्टिक भावको गीतमा निशा र माओत्से साथै केकी र सलोन जोडीको रुपमा प्रस्तुत छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

टेक पौरखी राईद्वारा निर्देशित कमेडी, एक्सन र लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङसँगै अतिथि कलाकारमा रोहित रुम्बा छन् । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार रहेका छन् भने प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

चलचित्रको काठमाडौं, पोखरा र मुस्ताङमा छायंकन गरिएको हो । सौरभ लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहने फिल्मको मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले छन् । ‘जय हो’मा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

Leave a Reply