‘एक भगवत् गीता’ टिजरमा कमलामाईको अवतारमा विपिन कार्की

अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘एक भगवत् गीता’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट ३२ सेकेण्डको टिजरमा अभिनेता विपिन कार्की हाइलाइटमा छन् । टिजरमा उनलाई कमलामाई अवतारमा चित्रण गरिएको छ । उनी ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत छन् । टिजर जनकपुरधामस्थित जानकी मन्दिरबाट सुरु छ ।

अभिनेत्री सुहाना थापा डराएको भावमा देखिएकी छन् भने अभिनेता धिरज मगर गुरुङ परिहनमा प्रस्तुत छन् । टिजरले दर्शकमा कौतूहलता पैदा गर्न सक्छ । आगामी भदौ २९ गते प्रदर्शन हुने चलचित्रमा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको कथा निर्देशक थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ । राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको निर्माता सुहाना थापा हुन् ।

Leave a Reply