बाबुल गिरीको “माया केही त बोलन” गीतमा राज र शिल्पाको प्रेम(भिडियो)

गायक संगीतकार बाबुल गिरीले नयाँ गीत बजारमा ल्याएका छन् । सोमबार सार्वजनिक “माया केही त बोलन” बोलको गीतमा बाबुल गिरीकै स्वर र सङ्गीत सुन्न सकिन्छ । त्यस्तै गीतलाई एरेन्ज र मिक्सिंग पनि गायक गिरि स्वयंले गरेका हुन् । गीतको शब्द रचना भने धुर्ब कटुवालले गरेका हुन् ।

माईकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा राज कटुवाल र शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ । भिडियोमा गिरीका बाबा तिलक बहादुर गिरी र आमा यम माया गिरीले पनि पहिलो पटक अभिनय गरेका छन् ।

Leave a Reply