चलचित्र ‘हात्तीछाप’को छायांकन सुरु

चलचित्र ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले निर्माण गर्ने चलचित्र ‘हात्तीछाप’को छायांकन सुरु गरिएको छ । आइतबार बालकुमारीस्थित एक ग्यारेजमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको छायांकन काठमाडौं र पोखरामा हुने बताईएको छ । सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् ।


चलचित्रमा अभिनेत्री बेनिशा हमालको पनि प्रवेश भएको छ । ‘हात्तीछाप’मा बेनिशासँगै दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, गौरव पहारी, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय रहनेछ ।

‘कबड्डी ४’ र ‘दुई नम्बरी’ गरी दुई सफल चलचित्र दिएका सुपरस्टार द्वय दयाहाङ राई र सौगात मल्लले फिल्म ‘हात्तीछाप’मा पुनः एकसाथ देखिँदै छन् । छायांकनभन्दा अगावै चलचित्रको मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार पनि विक्री भइसकेको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन रहनेछ ।

Leave a Reply