विपिन र केकीको ‘प्रसाद २’ वैशाख १५ मा प्रदर्शन हुने

सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘प्रसाद २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ छ । उच्च अदालत पाटनले फिल्म प्रदर्शनको लागि बाटो खुला गरेपछि निर्माण पक्षले एउटा पोस्टर सार्वजनिक गर्दै आगामी वैशाख १५ गतेलाई नयाँ मिति तय गरेको हो ।

गत साता निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो । तर सोमबारको सुनुवाइमा अदालतले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा फिल्मको प्रदर्शन सम्भव भएको हो ।

सुशील पौडेलको लेखनमा निर्माण भएको चलचित्रमा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् भने अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणी नेपाल, विशाल पहाडी, निमा पाण्डे लगायतको पनि अभिनय छ । चलचित्रको छायांकन राजेश श्रेष्ठले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । चलचित्रको स्लोगन ‘माया भन्दा ठूलो नै के छ र !’ राखिएको छ ।

एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन् । चलचित्रमा राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘प्रसाद २’, २०७५ सालमा डेढ वर्ष अगाडि प्रदर्शनमा आएको दर्शकले र समिक्षकले रुचाएको चलचित्र ‘प्रसाद’ को सिक्वेल हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए ।

Leave a Reply