‘हात्तीछाप’मा विल्सनविक्रम राईको इन्ट्री

चलचित्र ‘हात्तीछाप’मा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन् । विहिबार अभिनेता राई र निर्माता किरण नेपालीबीच लिखित सम्झौता भएको छ । चलचित्रमा विल्सन लाहुरेको भूमिकामा देखिने छन्।

यस वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ गरी दुई सफल चलचित्र दिएका सुपरस्टार द्वय दयाहाङ राई र सौगात मल्लले फिल्म ‘हात्तीछाप’मा पुनः एकसाथ देखिँदै छन् । चलचित्र ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले निर्माण गर्ने यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्ने छन् । फिल्मको छायांकन वैशाखदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ । एक्सन थ्रिलर फिल्ममा उपासना सिंह ठकुरी, वुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने र कविता आलेको पनि अभिनय रहनेछ । छायांकनभन्दा अगावै चलचित्रको मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार पनि विक्री भइसकेको छ ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् । निर्माता किरण नेपालीले आफ्नो नयाँ फिल्म ‘हात्तीछाप’मा यस वर्षको हिट फिल्म ‘दुई नम्बरी’को कलाकारको सेट नै दोहोर्‍याउने भएका छन् ।

Leave a Reply