‘मेरी बास्सै’मा भिलेन मुकुन्द श्रेष्ठको इन्ट्रि

नेपाली हाँस्य ब्यंग्यको ईतिहासमा सबैभन्दा लामो समय प्रशारण गरिरहेको नेपाली टेलिश्रृंखला मेरी बास्सैले आफ्नो प्रशारणको ७ सय ८० भाग पुरा गरेको छ । यो मंगलबार मेरी बास्सैको ७ सय ८० भाग प्रशारण भएको छ भने यो भाग देखी नेपाली चलचित्रका प्रख्यात खलनायक मुकुन्द श्रेष्ठको प्रवेश भएको छ ।

मेरी बास्सैले आफ्नो कथाबस्तु, प्रस्तुती, कलाकार लगायतका विषयमा निकै ध्यान दिने गरेको देखिन्छ । हाँस्यब्यंगसंगैं सामाजिक जनचेतनामुलक सामाग्री प्रस्तुत गरिरहेको मेरी बास्सैमा अब मुकुन्द श्रेष्ठ बडाकाजीको भुमिकामा देखिने बताईएको छ । मेरी बास्सैका मुख्यमध्यका एक कलाकार काजीबा अर्थात रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्था सामान्य हुन समय लाग्ने देखिएपछि यो टिमले मुकुन्द श्रेष्ठलाई भित्र्याएको बुभिएको छ । ‘श्रृखंलामा काजीको भुमिका दमदार देखिनुपर्छ र मुकुन्द श्रेष्ठलाई त्यो सुहाउँने भएकाले उहाँलाई लिएका हौं’ मेरीबास्सैका निर्देशक दिवाकर भण्डारीले भने ‘अब सधैं हुने नहुने बिषय टुंगो लागेको छैन्, अग्रजकलाकार हामीसंग रहनुपर्छ भन्ने मेरो चाहानाहो ।’

मुकुन्दश्रेष्ठ नेपालीचलचित्र क्षेत्रकानामचलेका भिलेन् हुन् । दशकअघियिनले गरेकाचलचित्रहरुमायिनी डरलाग्दो रुपमा प्रस्तुतछन् । मुकुन्दश्रेष्ठले सयौं सफलचलचित्रमाखलनायकको भुमिकामाआफुलाई प्रस्तुतगरिसकेका छन् । यिनको व्यत्तित्व र डाएलगडेलिभरीले दर्शकमा समेत डर पैदा गर्ने गथ्र्यो । लामो समय हराएकामुकुन्दश्रेष्ठ मेरी बास्सेमा देखिनु उनका फ्यानकालागी खुसीको कुरा हो । उनिकहिलेसम्म मेरीबास्सैमा रहन्छन् भन्ने कुराको भने टुंगो छैन् ।

सापटीकाकाअर्थात दिवाकर भण्डारीको निर्देशनमातयार भईरहेको मेरी बास्सैमा सुरबिर पण्डित, लक्ष्मीगिरी, रामचन्द्र अधिकारी, सुरेन्द्र के.सी., पल्पसाडंगोल, निरु खड्का, टिकाभक्तजिरेल लगायतकाकलाकारहरु देख्न सकिन्छ । मेरी बास्सै हरेक मंगलबार राती ९ बजे नेपाल टेलिभजनबाटप्रशारणहुँदै आईरहेको छ ।

भिडियो ः जततउकस्ररथयगतग।दभरष्क्ष्ष्शकत्रशऋमय

Leave a Reply