‘बागी ३’को ट्रेलरमा एक्सन र इमोसन

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कूपर अभिनित चलचित्र ‘बागी ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट ४१ सेकेण्ड लामो ट्रेलर एक्सन युक्त रहेको छ । ट्रेलरबाट मूलकथा प्रस्ट्याउन खोजिएको छ । सार्वजनिक ट्रेलरमा टाइगर ठूला मेशिन र हेलिकप्टर्सका बीच खतरनाक स्टन्ट्स गर्दै देखिएका छन् । ‘बागी’ सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको कथा बुनिएको छ ।

ट्रेलर अनुसार, टाइगरको भाईको भूमिका अभिनेता रितेश देशमुखले निर्वाह गरेका छन् । उनलाई बचाउन टाइगरले सबै हद पार गर्छन् । उनी सिरियासम्म पुग्छन् । ट्रेलरमा श्रद्धा कूपरलाई पनि देख्न सकिन्छ।

टाइगर, श्रद्धा र रितेशका अलावा चलचित्रमा अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौशकि, चंकी पाण्डे, नोरा फतेही, अनु कपूरको पनि अभिनय रहेको छ । दोस्रो पटक श्रद्धासँग टाइगरको जोडी हेर्न दर्शक आतुर छन् ।

अहमद खानले निर्देशन गरेको चलचित्र मार्च ६, २०२० अर्थात् फागुन २३,२०७६मा विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । यही मितिमा ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउँदैछ ।

Leave a Reply