प्रशान्त तामाङले ‘पाताल लोक २’ सिरिजबाट बलिउडमा डेब्यु गर्दै

गायक तथा अभिनेता प्रशान्त तामाङ बलिउडमा प्रवेश गरेका छन् । २०२० को सफल भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो श्रृंखलामार्फत तामाङले बलिउडमा डेब्यु गरेका हुन्। तामाङले इन्स्टाग्राम स्टोरीमार्फत् ‘पाताल लोक २’ सिरिजको छायांकन सकिएको जानकारी गराएका छन् ।

भारतको उत्तर पूर्वी राज्य नागाल्याण्डलगायका ठाउँमा छायांकन भएको क्राइम थ्रिलर सिरिजको छायांकन सकिएपछि सिरिजका मुख्य कलाकार जयदीप अहलावतसहितले प्रशान्तको परिवारसँग भेटघाट समेत गरेका थिए । आफ्नी छोरीलाई जयदीपले बोकेर खेलाएको केही तस्विर प्रशान्तले इन्स्टाग्राम स्टोरीमा राखेका छन् । यो सिरिजबाट जयदीप र प्रशान्तबीच राम्रो सम्बन्ध बनेको छ ।

Leave a Reply