‘होली फेस्टा’ सम्पन्न!

बौद्धस्थित सिद्धार्थ बुटिक होटेलमा यस वर्षको होलीको अवसरमा आयोजना गरिएको रोमाञ्चक कार्यक्रम ‘होली फेस्टा’ सम्पन्न भएको छ । आयोजक अर्बन क्रु इन्टरटेनमेन्टका संचालक प्रवीन शर्माका अनुसार होली फिएस्टामा करीब ८०० जनाको सहभागिता रहेको थियो ।

होली फिएस्टामा डीजे र गायकहरूले मनोरञ्जन दिएका थिए। डिजे अजेन, डिजे आदित्य र डिजे अभिले दिनभर प्रस्तुति दिएका थिए भने गायक प्रशन्न अधिकारी र गायक सर्वेश भट्टको प्रस्तुतिले उत्सवलाई थप सुमधुर बनाएको थियो । उक्त कार्यक्रममा लाइभ फुड स्टल, बार र निशुल्क रङको व्यवस्था गरिएको थियो ।

Leave a Reply