‘छक्का पञ्जा ४’ ट्रेलरमा समसामयिक राजनीतिक कथा

आगामी फागुन १९ गते प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘छक्कापञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरमा राजनीतिक कथा प्रस्तुत गरिएको छ । पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताको रुपमा चित्रण गरिएको छ ।

हेमराज बीसी निर्देशित चलचित्रमा दीपक राज गिरि, दीपाश्री निरौला, केदार घिमिरे, राज आचार्य, मलिना जोशी, बेनिशा हमाललगायतको अभिनय छ । सामाजिक र राजनीतिक कथावस्तुमा बनेको चलचित्र आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्माण भएको हो ।

Leave a Reply