प्रदीपले ‘कामिनो’का लागि गरे पूजाआजा

दीपक ओलीको निर्देशनमा निर्माण हुृने ‘कामिनो’मा अभिनेता प्रदिप खड्का प्रमुख भूमिकामा देखिने छन् । प्रदिपले बिहीबार क्यामिनोको टिजर पोस्टर सार्वजनिक गर्दै औपचारिक रुपमा आफूले प्रोजेक्ट गर्न लागेको घोषणा गरेका छन् ।

बिहीबार उनले भारतको प्रसिद्ध नासिक त्रयम्बकेश्वर मन्दिरमा पूजाआजापछि इन्स्टाग्राममा फिल्मको पोस्टर शेयर गर्दै आफूले काम गर्न लागेको जानकारी गराएका छन् । उनले फिल्मका लागि पूजाआजा गरेको बताइएको छ । प्रदीपले इन्स्टाग्राम स्टोरीमा शेयर गरेको भिडियमा उनी सेतो धोती र गम्छा भिरेर अग्निको अगाडि पूजा गर्दै देखिएका छन् ।

फिल्म साइन गरेर केही साइनिङ अमाउन्ट लिएपनि प्रदीपले खुलेर फिल्मबारे औपचारिक जानकारी दिएका थिएनन् । तर

माघ पहिलो साता ‘कामिनो’का लागि सम्झौता गरेका भएपनि यसअघि

एक्सेस नेपाल फिल्मस्को निर्माण,पूणर् लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अभिनेता प्रदिपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता,निर्देशकहरु लालायीत हुने गरे तापनि ‘प्रेम गीत-३’ पछि उनले कुनै फिल्म साइन गरेका थिएनन् । स्क्रिप्ट,टिम र क्यानभास मन परेकाले प्रदिप यो फिल्म गर्न राजी भएको बताईएको छ । प्रदिप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो ।

नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

Leave a Reply