सौगात र दीया स्टारर ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्वजनिक

‘अ हिमालयन लभ स्टोरी’ उपशिर्षक दिइएको सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको लभ स्टोरी जनराको चलचित्र ‘मन्त्र’को पोस्टर हेर्दा चलचित्रले हिमाली क्षेत्रमा बसोबास गर्ने युवा-युवतीको प्रेम कथा वाचन गर्ने अनुमान गर्न सकिन्छ । सार्वजनिक पोस्टरमा निर्माण टिमले कुनै कलाकारलाई स्थान दिएको छैन ।

चलचित्रमा सौगातका अलावा बुद्दि तामाङ, दिया पुन, नमिता घिसिङ्ग, विर बहादुर लामालगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा पहिलो पटक सौगात र दीयाको जोडी बाँधिएको छ ।

चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ । संजय लामाले छायांकन गरेको चलचित्रलाइ मित्र डि.गुरुङले सम्पादन गरेका छन्। मुभी र्याकको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन ।

Leave a Reply