‘फूलबारी’ ट्रेलरमा एउटा परिवारको माया र भरोसाको कथा

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशित नयाँ मल्टीस्टारर चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलगायतलाई स्थान दिइएको छ । ट्रेलरमा माया, भरोस र आक्रोशबीच घुमेको एउटा परिवारको कथा प्रस्तुत गरिएको छ ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको करिब तीन हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको ‘माया रैछ र’ बोलको गीत यतिबेला चर्चामा छ । यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको सामाजिक नेपाली चलचित्रको कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो । अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा चलचित्रले नेपाली समाजमा सवैले भोगिराखेकै पारिवारिक सामाजिक कथा निर्देशक गुरुङले पस्किएका छन् । उपेन्द्र सुब्बाको पटकथामा विपिन र अरुणाले पाका दम्पतिको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा गौमाया गुरुङ, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की, सोफिया राईको पनि अभिनय छ । फूलबारीमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । मणिराम पोखरेलले कार्यकारी निर्माता रहेको चलचित्रमा मनिष ढकाल निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply