विपिन र अर्पणको मुख्य भूमिकामा फिल्म ‘चलचित्र’ निर्माण हुने

अभिनेताद्वय विपिन कार्की र अर्पण थापाको प्रमुख भूमिकामा फिल्म ‘चलचित्र’ निर्माण हुने भएको छ । ‘हरि’ फेम्ड निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशनमा बन्न लागेको चलचित्रमा शुक्रबार विपिन र अर्पण अनुबन्धित भएका छन् । शुक्रबार निर्माण टिम र अभिनेताद्धय कार्की र थापासँग लिखित सम्झौता भएको हो ।

निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रको कथा निर्देशकद्धय केसी र गुरुङ आफैले लेखिरहेका छन् । नेपालमा फिल्म बनाउन गर्नुपर्ने संघर्षमाथि चलचित्र बन्ने छ । रेजोनेटिङ पिक्चर्ससँगको सहकार्यमा मनराम ग्रुप र मन प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ । अहिले प्रि-प्रोडक्सनमा काम भैरहेको फिल्मको आगामी चैतबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । यसअघि सफल र प्रतीक निर्देशित फिल्म ‘हरि’मा पनि विपिनको मुख्य भूमिका रहेको थियो ।

Leave a Reply