साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको ट्रेलरले हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई चित्रण गरिएको छ ।

जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराए।

चलचित्रमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेकको चलचित्रको पोष्ट प्रोडक्सनको लागि अहिले निर्देशक रिजाल र डिओपी सुदीप बराल मुम्बईमा छन् ।

Leave a Reply