६० वर्ष पुगेका चलचित्र पत्रकारलाई मासिक ६ हजार सामाजिक सुरक्षा भत्ता दिइने

चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका आफ्ना ज्येष्ठ पत्रकार सदस्यहरुलाई मासिक ६ हजार सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमितिको निर्णयद्वारा ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता वापत छ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

संघका सचिव विशाल राईद्वारा जारी विज्ञप्ती अनुसार उक्त सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नविकरण शुल्क मिनाहा गर्नुका साथै यो सुविधा प्राप्त गर्ने सदस्यको पहिचान कार्यसमिति र कल्याणकारी कोष सञ्चालक समितिले गर्ने निर्णय भएको छ ।

यसैगरी, बैठकले यही माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ । यसका साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन यही फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । महाधिवेशनका लागि निर्वाचिन समिति तथा स्थान भने आगामी वैठकमा तय गर्ने निर्णय भएको छ ।

Leave a Reply