दीपेन्द्रको ‘चङ्गा चेट २’मा विपिन कार्कीको इन्ट्री

दीपेन्द्र के. खनालले निर्देशनमा बन्न लागेको चलचित्र ‘चङ्गा चेट २’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । बिहीवार उनीसँग निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेकी हुन् । यसअघि विपिन र दिपेन्द्रबीच ‘पशुपति प्रसाद’ र ‘के घर के डेरा’मा सहकार्य भएको थियो । २०७५ सालमा प्रदर्शन भएको चलचित्र ‘चंगाचेट’को पनि दीपेन्द्रले निर्देशन गरेका थिए ।

‘चंगाचेट’लाई माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्र प्रदर्शनको समय वाग्लेलाई समस्या उत्पन्न भएपछि निर्मातामा शर्मिला जोडिएकी थिइन् । निर्माता वाग्लेबाट ‘चंगाचेट’को अधिकार लिएर शर्मिलाले चलचित्र बनाउन लागेकी हुन् । यो चलचित्रको ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले पनि चर्चामा छ ।

‘चंगाचेट २’मा मुख्य कलाकारको रुपमा यसअघि अभिनेता अर्पण थापा फाइनल भइसकेका छन् । अन्य कलाकार भने स्क्रिप्ट फाइनल भएपछि मात्र छनोट गरिने निर्माण टिमको तयारी छ ।

Leave a Reply