‘द आउट ल’को शुभ मुहूर्तसँगै छायांकन सुरु

बिक्की महर्जनको डेब्यु निर्देशकिय चलचित्र ‘द आउट ल’को शुभ मुहर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पूजाआजा गर्दै छायांकन थालेको हो । एक्सन-थ्रिलर चलचित्रमा अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहनेछ । उनले डेब्यु अभिनेत्री शिक्षा संग्रौलासँग अनस्क्रिन रोमान्स गर्नेछन् । ललितपुर नजिकैको एक सेटबाट छायांकन सुरु गरेको चलचित्रको ४० दिनको छायांकन तालिका रहेको छ ।

चलचित्रको पौष १५ गते अंग्रेजी नयाँवर्षमाअवसर पारेर फर्स्टलुक पोस्टर र थिम टिजर सार्वजनिक गर्दै औपचारिक रुपमा निर्माण घोषणा गरिएको थियो । रेट्रो ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठीको पनि अभिनय रहनेछ ।

चलचित्रले कानुन नमान्ने पात्रको कथा भन्छ । शशांक खड्का निर्माता रहेको चलचित्रलाई नवीन गुरुङले खिच्दैछन् । करिब २ करोड रुपैयाँ बजेट रहने ‘द आउट ल’लाई आगामी दशैंमा रिलिज गर्ने योजना छ । शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् ।

Leave a Reply