चार हजार धरौटीमा गायिका आस्था राउत रिहा

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेका गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठसँग विवाद भएपछि आस्थामाथि उजुरी परेको थियो । प्रहरी जवान श्रेष्ठले अभद्र व्यवहारमा उनीमाथि उजुरी दिएकी थिइन् । मुद्दा दायरको केही दिनपछि सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभनपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।

Leave a Reply