सलोनको ‘जय हो’ पोखरा र मुस्ताङमा छायांकन गरिने

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोनले पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकन लोकेशन फाइनल गरेका हुन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चलचित्रको छायांकन स्थल तय भएको हो।

निर्देशक राई र अभिनेता बस्नेतबीच यो दोस्रोपटक सहकार्य हुन लागेको हो । टेकले यसअघि सलोनलाई लिएर गत महिना प्रदर्शन भएको चलचित्र ‘मिलन’पछि बनाएका थिए । सुरेश न्यौपानेले कथा लेखिरहेकको चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्ने छन्। उनीहरु अष्ट्रेलियाको जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।

एक्सन लभस्टोरी कथामा निर्माण हुने चलचित्रको एक गीतमा शम्भुजित बास्कोटाको संगीत रहनेछ। अन्य गीतमा संगीतकार फाइनल हुन बाकी रहेको छ। आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्रको काठमाडौं, पोखरा र मुस्ताङमा छायंकन गरिनेछ । नेपालको छायांकन सकिएपछि चलचित्रको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिनेछ ।

Leave a Reply