‘चि मुसी चि’को पहिलो गीत ‘कथा’मा प्रियंका र आयुष्मान

आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक कथा बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा स्थान दिइएको छ ।

म्युजिक प्रोडुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा शाक्क र बिराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङकोे पनि स्वर सुन्न सकिन्छ । चि मुसी चि जस्तो फरक जनराका हरर थ्रिलर चलचित्रमा स्वर दिन पाउँदा खुशी लागेको अनुभव साटिन् ।

निर्देशक मर्ण जेम्सले पनि चलचित्रमा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएकको बताइन् । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकार अभिनय रहेको छ ।

Leave a Reply