विपिन र केकीको ‘प्रसाद २’ को छायांकन सुरु

डेढ वर्ष अगाडि प्रदर्शनमा आएको दर्शकले र समिक्षकले रुचाएको चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’को छायांकन आज (बिहीबार)देखि सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको हो । आज बिहान भएको मुहूर्तमा चलचित्रका मुख्य कलाकारद्वय विपिन कार्की र केकी अधिकारीले सट दिएका छन् ।

सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सुशील पौडेलको लेखनमा निर्माण हुने चलचित्रबाट केशव पाण्डेले चलचित्र निर्माणमा हात हालेका छन् । डेढ वर्ष अगाडि प्रदर्शनमा आएको दर्शकले र समिक्षकले रुचाएको चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’मा विपिन, केकी र अर्पणको साथमा राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायत अभिनयमा रहनेछन् ।
४० दिनको छायांकन तालिका छ । ‘प्रसाद २’लाई राजेश श्रेष्ठले खिच्नेछन् र सम्पादन मिलन श्रेष्ठले गर्नेछन् ।

Leave a Reply