दीपक-दीपाको मल्टिप्लेक्स हल वैशाख १ देखि सञ्चालन हुने

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स फिल्म हल आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ । मंगलबार बिहान उक्त मलको शुभारम्भ भएको थियो ।

शुभारम्भ समारोहमा दीपक, दीपा र निर्मल शर्मा उपस्थित रहे । यी तीनैजनाले ‘छक्कापञ्जा ४’मा सहकार्य गरिरहेका छन् । दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता रहेको छ ।

Leave a Reply