‘ज्याकी : आई एम ट्वान्टी वान’को ‘कथा’ गीतमा धिरज र जसिताको रोमान्स र नृत्य

आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ‘कथा’ बोलको गीतमा चलचित्रका प्रमुख दुई पात्र धिरज गुरुङ र जसिता गुरुङ फिचर्ड छन् । गीतमा उनीहरुको प्रेमभाव र सुन्दर नृत्य देखाइएको छ ।

गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द रचना र रोहित शाक्य तथा किरण थापाको संगीत रहेको छ । गीतमा द वाइल्ड रिपर्च क्रिउको कोरियोग्राफी रहेको छ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको कोरियोग्राफर तथा निर्देशक रेनाशा वान्तवा राई निर्देशित चलचित्रमा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारको अभिनय छ ।

सुशान्त प्रजापतिको छायांकन, निमेश श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ । चलचित्रमा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो डान्स चलचित्र भनिएको छ ।

Leave a Reply