राम चरण र उपासना आमा–बुवा बन्दै

साउथका चर्चित अभिनेता राम चरणकी श्रीमती उपासना कामिनेनी गर्भवती छिन् र यो जोडीले आफ्नो पहिलो सन्तानलाई छिट्टै नै स्वागत गर्दैछ । राम चरणका पिता र तेलुगु चलचित्रका मेगास्टार चिरञ्जिवीले सोसल मिडियामा यो खुसीको खबर सेयर गरेका हुन् । चिरञ्जिवीले सोसल मिडियामा हनुमानको एक तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । यो तस्बिरमा उनले लेखेका छन्, ‘श्री हनुमानजीको कृपाले, हामीलाई यो घोषणा गर्दा निकै खुसी लागेको छ कि उपासना र राम चरण आफ्नो पहिलो सन्तानलाई जन्म दिन लागेका छन् । ’

राम चरण र उपासना सन् २०१२ मा विवाह गरेका थिए । गर्भावस्थाबारे यसै वर्षको जुलाईमा उपासना निकै चर्चामा थिइन् । उनले आफू बच्चा जन्माउन नचाहेको बताएकी थिइन् । उपासनाले भनेकी थिइन्, ‘मैले रिप्रोड्युस नगर्ने निर्णय लिएकी छु र मानिसहरुले यसको सम्मान गर्नुपर्छ ।’

Leave a Reply