‘जिन्दगीको के छ र भर’ भन्दै ‘सेल्फी किङ्ग’, विपिन

विशाल सापकोटा निर्देशित चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश दोस्रो ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर रहेको छ । गीतका एरेन्जर उदय राज पौड्येल हुन् । यो गीतले चलचित्र ‘प्रसाद’को ‘लै लै ’ बोलको गीतको याद दिलाउँछ । गीतको शब्द निकै मन छुने रहेको छ । गीतमा विपिनको दुख, संघर्ष र जीवनमा आउने उतार-चढावको दृश्य देखाइएको छ ।

चलचित्र ‘सेल्फी किङ्ग’मा भर्सटायल अभिनेता विपिन ‘सेल्फी किङ’ नामक हास्यकलाकारको भूमिकामा छन् । एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको चलचित्र आगामी माघ २४ मा प्रदर्शनमा आउने छ । ड्रामेडी जनरामा निर्माण भएको चलचित्रमा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छिन ।

सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको चलचित्रमा निर्देशक सापकोटाको लेखन छ । सुभाष र दिनेशले गत वर्षको चर्चित चलचित्र ‘प्रसाद’मा सहकार्य गरेका थिए । राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द,अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।

Leave a Reply