‘लभ डायरिज’को ट्रेलरमा सुशील र रुबिनाको प्रेम र विछोड

लभस्टोरी-कमेडी जनरामा निर्माण भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरीज’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीको कुमारी हलमा आयोजना गरिएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रमुख अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुबिना थापा बीचको प्रेम, रोमान्स र विछोडका दृश्य प्रस्तुत छन् ।

सार्वजनिक ट्रेलरमा अभिनेता सुशीलले बोलेका संवादहरुलाई विशेष स्थान दिइएको छ भने सुशील र रुबिनाबीचको संवाद निकै आकर्षक रहेको छ । दुइको केमेस्ट्री पनि सुहाएको देखिन्छ ।
प्रेम दिवसको अवसरमा अर्थात् आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्रका निर्देशक सौरभ चौधरी चलचित्रमा युवा-युवतीबीचको माया-प्रेमलाई समावेश गरिएको बताउँछन् । चलचित्रमा साहिल खान/मिलन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर निर्माताको रुपमा छन् । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् भने, अर्जुन पोखरेलले संगीत भरेका छन् ।
चलचित्रका दुई गीत सार्वजनिक भैसकेका छन् जसलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् ।

Leave a Reply