‘गुञ्जन’को गीत ‘सास चल्छ’मा सारा र प्रितमको रोमान्स

आगामी पुस २९ गते प्रदर्शन हुने अभिनेत्री सारा श्रीपाइली अभिनित चलचित्र ‘गुञ्जन’को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रेम भाव बोल्ने गीतमा प्रविशा अधिकारी र आरिफ रौफको स्वर रहेको छ भने संगीत कर्णराज कार्कीको रहेको छ । गीतमा सारा र प्रितमराज सेञ्चुरी फिचर्ड छन् ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रलाई सांगीतिक प्रेमकथामा भनिएको छ । चलचित्रको छायांकन नेपाल र यूएईको दुबईमा गरिएको हो ।

विगत २ दशकदेखि चलचित्रको द्धोन्द निर्देशन गर्दै आएका अष्टको यो डेब्यु चलचित्र हो । चलचित्रमा सारा र प्रितमराज सँगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ । प्रितमराजले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् । वितरण कम्पनी एफडी र जीजीए समूहले फिल्मको वितरण अधिकार खरिद गरेका छन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा अभिनेत्री नीता ढुङ्गानाको आकर्षक आइटम डान्स समेत रहेको छ । राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको चलचित्रको काठमाडौ, पोखरा, जोमसोममा छायाँकन भएको छ ।

Leave a Reply