‘महापुरुष’ल कमायो १० करोड ग्रस, केक काटेर सेलिब्रेसन

गत कार्तिक ११ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । चलचित्रले बक्स अफिसमा १० करोड रुपैयाँ बढीको ग्रस कमाइ गरेको छ । चलचित्रले प्रदर्शनको ३१ औं दिन शनिबारसम्म १० करोड १४ लाख रुपैयाँ कमाइ गरेको छ।

आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेर केक काट्दै सफलताको खुसी बाँडेका छन् । कार्यक्रममा चलचित्रका निर्माता, निर्देशक, कलाकार र प्राविधिक सहभागी थिए । प्रदिप भट्टराई निर्देशित चलचित्र प्रदर्शनको पाँचौ हप्तामा पनि प्रवेश गरिसकेको छ । चलचित्र हेर्ने दर्शकमार्फत प्रतिक्रियाले नै यसको पब्लिसिटी भइरहेको छ । यसैले गर्दा चलचित्र ‘५१ औँ’ दिन तर्फ लम्किरहेको छ । प्रदर्शनकै दिन देखि हल पुगेर निर्माण टिमले प्रतिक्रिया समेत लिईरहेका छन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्म बाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

Leave a Reply