लभ डायरिजको टिजरमा सुशील र रुबिनाको प्रेम

सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरीज’ को टिजर सार्वजनिक गरिएको छ । मंगलबार बुद्ध सुब्बा मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको टिजर १ मिनेट ०७ सेकेण्ड लामो छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुबिना थापा मात्र फिचर्ड छन् र दुइको केमेस्ट्री पनि सुहाएको देखिन्छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा प्रस्तुत छन् ।

प्रेम दिवसको अवसरमा अर्थात् आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्रका निर्देशक सौरभ चौधरी चलचित्रमा युवा-युवतीबीचको माया-प्रेमलाई समावेश गरिएको बताउँछन् । चलचित्रमा साहिल खान/मिलन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर निर्माताको रुपमा छन् । चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् भने, अर्जुन पोखरेलले संगीत भरेका छन् ।
चलचित्रका दुई गीत सार्वजनिक भैसकेका छन् जसलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् ।

Leave a Reply