‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते प्रदर्शन हुने

चलचित्र ‘नाईँ नभन्नू ल’को छैटौं सिरिज ‘नाइँ नभन्नु ल ६’को प्रदर्शन मिति तय गरिएको छ । विकासराज आचार्यको निर्देशन रहेको चलचित्र २०८० सालको बैशाख १ गते प्रदर्शन हुने भएको छ । सोही मितिमा झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’ र अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘जारी’ पनि प्रदर्शनमा आउने तय भइसकेको छ ।

चलचित्रको एक सातादेखि झापाको विर्तामोडमा छायांकन भइरहेको छ । आँचल शर्मा, आशिर्वाद बराल, आयुषा तामाङ अहिले विर्तामोडमा चलचित्र सेटमा छन् । चलचित्रको चुनावको लागि तीन दिन छायांकन रोकिने छ । त्यसपछि विर्तामोडबाट फर्किएर बाँकी छायांकन काठमाडौंमा हुने छ ।

‘नाईं नभन्नू ल ६’मा आँचल शर्मा, आर्शिवाद क्षेत्री, योगिशा खत्री, अर्थव उप्रेतीलगायतको अभिनय छ । अथर्व अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलका छोरा हुन् । एभलिना भने टिकटकमा निकै हिट छिन् । चलचित्रमा उनी नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेको चलचित्रमा आशीर्वाद र आँचलको जोडी बाँधिएको छ ।

त्यस्तै,‘नाईँ नभन्नू ल’को दोस्रो श्रृंखलादेखि आवद्ध कलाकार अनुभव रेग्मी छैटौं सिरिजमा पनि नछुट्ने भएका छन् । यद्यपि, उनी मुख्य भूमिकामा नभएर केमियो भूमिका मात्र रहनेछ । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

Leave a Reply