आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ को दम्दार फस्र्टलुक सार्वजनिक

प्रेम कथानक चलचित्र ‘डिसेम्वर फल्स’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्र डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुष १५ गते) देशब्यापी प्रदर्शन हुने छ ।

युवानिर्माता रामप्रसाद रिजालको पाँचौ चलचित्र ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाईएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्कोमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्शन-रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अवस्थामा तनावग्रस्त देखिन्छिन् । दुवै पोस्टरले अहिले चर्चा पाइरहेका छन् ।

अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा छाउदैछन् भने उपासना पछिल्लो समयकी सर्वाधिक सफल हिरोइन हुन् । उनी अभिनीत अहिलेसम्मका सबै चलचित्र सुपरहिट भएका छन् । आर्यन र उपसनालाई पहिलो पटक यही चलचित्रमासँगै हेर्न पाइदैछ । भारतीय चलचित्र उद्योगमा कार्यरत ब्यस्त निर्देशक प्रवीण झाद्धारा निर्देशित चलचित्रमा आर्यन, उपासना, सुमन थापा रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिबहरि पौडेल,नागेन्द्र रिजाल, शिसिर राणालगायतका कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको चलचित्रलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको चलचित्रको सम्पादन बनिष शाहले गरेका छन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।

Leave a Reply