मैले हेरेपछी मलाई लागेको नेपाली कथानक “बाबरी”

Public Review of Movie Babari -पं.प्रज्वल लुइँटेल
त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्र बिक्रान्त,रोनिस र बाबरी अर्थात् बिजेता इ तीनजनामा नै घुमेको घुमेइ गरेर सकिन्छ।
राम्रा पक्ष :- सामान्य कथालाई चटक्क पारेर पस्किने प्रयास गरिएको छ । सिक्किमका मनोरम रमणीय स्थानहरू लोभलाग्दो गरि देखाइएको छ भने हाम्रो मोरङको लेटाङ तथा झापा इलाम लगायतलाई पनि सुन्दर देखाइएको छ ।

प्रसिद्ध अभिनेत्री तृप्ति नाडकरका छोराको डेब्यु गज्जव साबित हुन सक्छ भने अर्का नायक जो सानोराजाको रोलमा छन् उनको पनि नेपाली चलचित्रमा राम्रै उदय हुन सक्नेछ। नायिका बुढाथोकीले उत्कृष्ट अभिनय गरेकी छिन् खोट लगाउने ठाउँ खासै देखिएन, इनले पक्कै नेपाली चलचित्र क्षेत्रमा उन्नति प्रगति गर्न सक्नेछिन् भन्ने आशा छ । कमलमणीजीले आफ्नो जे भुमिका छ त्यसमा अभिनय अब्बल गरेका छन् । ठूला राजा साहेब र उनकी श्रीमतीको अभिनय राम्रो छ ।

सिक्किमे हमजायेगाको आतिथ्य रोलले सुनमा सुगन्ध थपेको छ भने जुनियर हमजायेगाको जोक्सहरुले हँसाइरहन्छ । फ्लिममा कुनैबेला पनि पर्दा छोडेर मोबाइल हेर्न मन लाग्दैन यो चै उत्तम लाग्यो ।डायलग र पंच लाइन एति मजाका छन् कि कुनैपनि बेला बोर लाग्दैन । बलियो पक्ष चलचित्रको गीत रहेको छ सबै गीत संगीत अत्यन्तै मनोरंजनात्मक छन् । चलचित्रको पहिलो हाफ साह्रै नै गज्जव छ ।

कमजोरी :- बिक्रान्तले २०% छक्कापंजाको राजा (दिपकराज गिरी) को कपि तथा 80% कबड्डीको दयाहाङको कपि गरेका छन् जस्तो लाग्छ । यो हास्यास्पद लाग्नुका साथै फ्लिम हेर्दा बाबरी हो कि कबड्डी ५ हो घरिघरि झुक्किन्छ । डायलग ,पंचलाइन,एक्टिङ,हाउभाउ सबै कबड्डीवाला दयाहाङकै जस्तो झल्को दिन्छ । यद्यपि निर्माण पक्षले भने यो बिक्रान्तको प्राकृतिक गुण हो कपि होईन भनेका छन् । दोस्रो हाफ पहिलोको तुलनामा फितलो छ।लामो समय गायब हुनुको कारण इत्यादी केही दृश्यहरु अमिल्दो नसुहाउँदो छ ।क्लाइमेक्सले मन छुन सकेन किनकी सयखेप हेरिसकेको दृश्य क्लाइमेक्समा राखेका छन् जुन कमजोर पक्ष हो जस्तो लाग्छ।

सामान्य हात हालाहाल बाहेक एक्सन छैन । ७-८ जनाले पूरै चलचित्र धानेका छन् । मेयर र उनकी श्रीमतीको अभिनय खासै राम्रो छैन । समग्रमा बाबरी एकपटक हेर्दा हुन्छ राम्रै छ,ठिकै छ ।म रेटिङ दिनलाई कुनै चलचित्र बिज्ञ होइन तरपनि नेपाली चलचित्रलाई माया गर्ने र प्रायः हेर्ने भएकाले ३/५ दिन्छु ।

Leave a Reply