शुक्रबारदेखि ‘हिजो आजका कुरा’ को मोफसल टुर

पारिवारिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ ले शुक्रबारबाट मोफसल प्रचार यात्रा सुरु गर्दैछ । बरिष्ट अभिनेता सन्तोष पन्त निर्मित तथा साकार पन्त निर्देशीत चलचित्रका मुख्य कलाकारहरु शुक्रबार बिहान १०ः३० बजे नेपालगंजस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गर्नेछन् । त्यसका लागि कलाकारको जम्बो टोलीले शुक्रबार बिहान काठमाडौबाट उडान भर्नेछ ।

प्रदर्शन मिति नजिकिदै जादा प्रचारप्रशारणलाई ब्यापक बनाउदै लगेको ‘हिजो आजका कुरा’ असोज २८ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ । करिब १२ बर्षसम्म नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकहरुबाट सर्वाधिक माया पाएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ अहिले सोही नाममा ठूलो पर्दाको चलचित्रको रुपमा दर्शकमाझ आउदैछ । यसै सन्दर्भमा आफूहरुले आफ्ना प्रिय दर्शकहरुलाई प्रत्यक्ष भेट्ने चाहना स्वरुप ‘प्रमोशन टुर’ थालीएको निर्देशक साकारले जानकारी दिएका छन् ।

नेपालगंजपछि ‘हिजो आजका कुरा’ को जम्बो टोली शनिबार पूर्वी नेपालका तीन मुख्य शहर-धरान,इटहरी र बिराटनगर पुग्ने छ । सेड्युल अनुसार शनिबार बिहान ११ बजे धरानको भाटभटेनी सुपरमार्केट, २ बजे इटहरीको भाटभटेनी सुपरमार्केट र साँझ ४ः३० बजे बिराटनगरको भाटभटेनी सुपरमार्केटमा यस चलचित्रका कलाकार सन्तोष पन्त,रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की,दिब्यदेव,बिनय कुइँकेल,अनुष्का अधिकारीलगायत निर्देशक साकार पन्तले दर्शकहरुसँग भलाकुसारी गर्नेछन् । चलचित्रको प्रशारप्रसारमा भाटभटेनी सुपरमार्केटले साथ दिएको छ ।

मोफसलको पहिलो चरणको यात्रापछि टोली दोश्रो चरणमा पोखरा, चितवन,हेटौडालगायतका शहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । गीतसंगीत तथा टे्रलरबाट समेत दर्शकको ध्यान तान्न सफल चलचित्रमा नेपाली समाजको बर्तमान अबस्था,पारिवारिक आरोहअबरोह,नेपालीको बिदेश मोहलगायतका बिबिध समसामयिक बिषय उठान गरिएको छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन । सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त चलचित्रको बितरण मोफसलमा एफडि र राजधानीमा आरआर फिल्मस्ले गर्दैछ ।
एकचोटी फेरि हेर्नुस् ट्रेलर-

Leave a Reply