दीपकराजको प्रश्न- ‘सबैलाई गाली गरेरै फिल्म चलाउने हो ?’

चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डब नेपालमा चलाउन निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले अग्रजलाई अपमानजनक अभिव्यक्ति दिइरहेका छन् ।

केही दिन अगाडि ‘प्रेम गीत ३’ युनिटले राजधानी आयोजना गरेको पत्रकार भेटघाटमार्फत चलचित्र विकास बोर्ड र अध्यक्ष भुवन केसीको आलोचना गर्दा सरोज भुवनको बचाउमा उत्रिएका थिए । त्यसपछि निर्माता सेन सरोजसँग आक्रोशित भएर मंगलवार फेसबुकमा स्टाटस लेखेका छन् ‘आदरणीय सरोज दाइ, तपाईं जस्तो दिग्गज कलाकार .., अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले यतिसम्म हावा अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेको थिएन । एउटा रजतपटमा तपाई मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही अभिव्यक्ति दिँदै हिँड्नुपर्छ र ? प्रेम गीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिल्यै भएन, दोस्रो प्रदीपले सक्दैन कि सक्दैन कि भनेको तपाईं कै निर्देशकको भनाइ हो । अली सुन्दा लाज हुने अभिव्यक्ति दिँदै नहिँड्नु होला । स्वयम् प्रदीपलाई सम्म यो कुरा सुन्दा लाज भयो होला ।’ उनले अगाडि भनेका छन्, ‘तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बसाली दिनुभयो । आज त्यसको नतिजा अहिले राम्रो कामको लागि पनि कलाकारले भिसा पाउँदैनन् ।’

सरोज खनालमाथि खनिएर विवाद चर्किएको क्रममा अभिनेता दीपकराज गिरिले सेनलाई प्रश्न गर्दै लेखेका छन्, भूवन केसी, अनमोल केसी, झरना थापा,म अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ… यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति …. ‘सबैलाई गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदा हुँदै के गर्‍या यो ? आफ्ना मान्छे लगाएर दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घरै नरहे कहाँ बस्छौ साथी ?’

Leave a Reply